काठमाडौँ । पछिल्लो २४ घण्टामा १४ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षणमा मंगलबार थप १४ सय २३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ७२ हजार १८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको ३९ सय २३ परीक्षणबाट २५४ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३४ परीक्षणमा १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ३१ हजार छ ।
नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० हजार ९७६ रहेको छ ।