काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ सय ४६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ सय ६० जना निको भएका छन् भने २१ जना संक्रमितको मृत्यु भएको छ ।
१० हजार ९१५ जनाको परीक्षण भएको थियो । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३५४ जना छन् । काठमाडौंमा २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जनालाई पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
नेपालमा अहिलेसम्म ८ लाख ६१ हजार ९५२ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् भने १० हजार ९२४ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २७ हजार ९५८ छन् ।