काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । शनिबार ९ सय ९४ जना संक्रमित थपिएका थिए । आज ११ हजार १८ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ सय ३८ र एन्टिजेन विधिबाट ७३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
हालसम्म नेपालमा पीसीआर विधिबाट ७ लाख ७७ हजार १६३ जना र एन्टिजेन विधिबाट ८६ हजार ६९४ जनामा संक्रमण पुष्टि भइसकेको छ । नेपालमा हाल २६ हजार ७५७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४ सय ५४ जनाको सघन उपचार कक्ष र १ सय ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यही अवधिमा १४ सय २३ जना संक्रमित निको भएका छन् । नेपालमा कूल संक्रमितमध्ये ७ लाख ३९ हजार ४५७ जना संक्रमणमुक्त भइसकेका छन् ।
आज कोभिड–१९ को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा मृत्यु हुनेको कूल संख्या १० हजार ९ सय ४९ रहेको छ ।
कुल संक्रमितमध्य निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ।