Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज देशभर १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२८, भाद्र २०७८
आज देशभर १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर थप १४ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा ११ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारसम्म २६ हजार छ सय ३० जना सक्रिय संक्रमित छन्।

१२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने ४ हजार सात जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको छ। सोमबार एक हजार दुई सय ६० जना निको भएका छन्।

साथै काठमाडौं उपत्यकामा चार सय २६ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

images
प्रकाशित मिति :भाद्र २८, २०७८ सोमवार - १७:१२:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology