Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

आज १५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२९, भाद्र २०७८
आज १५ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण भएकोमा १५ सय ६२ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १५ सय ८९ जना निको भएका छन् भने १९ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार २०२ जना छन् ।

यसैबीच आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ४०४ छन् । काठमाडौंमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जनालाई संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा ८ लाख ६६ हजार ९०५ जनालाई संक्रमण पुष्टि भइसकेको छ भने ७ लाख ४२ हजार ३०६ जना निको भएका छन् १० हजार ९८४ जनाको मृत्यु भएको छ ।

images
प्रकाशित मिति :भाद्र २९, २०७८ मंगलवार - १६:५६:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology