Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

३१, भाद्र २०७८
आज देशभर १५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ सय ११ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ११ हजार २०८ पीसीआर र ३९७१ एन्टीजेन गरि १५ हजार १७९ जनाको कोरोना परीक्षण हुँदा १५११ जनालाई संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६८९ जना कोरोनामुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ लाख १० हजार ८९९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमित २५ हजार ७७२ जना छन् । यसैबीच आज थपिएकाम संक्रमितमध्ये काठमाडौंका २९३, ललितपुर ९८ र भक्तपुरमा ३९ जना रहेका छन् । 

images
प्रकाशित मिति :भाद्र ३१, २०७८ बिहिवार - २०:५८:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology