Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, आश्विन २०७८
आज देशभर १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५ सय ५८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १०८६ पीसीआर परीक्षणबाट र ४७२ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ८ हजार ६६५ नमुनाको पीसीआर परीक्षण र ३ हजार ७२० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ३८५ गरिएको छ ।

१३५१ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २५ हजार ४९७ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८८ हजार ६५९ पुगेको छ ।

हालसम्म ७ लाख ४६ हजार ५६६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १२ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १, २०७८ शुक्रवार - २१:१५:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology