काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ८ सय ३५ पीसीआर परीक्षणबाट र २ सय ३१ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८ हजार ५४० नमुनाको पीसीआर परीक्षण र २ हजार ८१८ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ११ हजार ३८५ गरिएको छ ।
१२ सय ३४ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २५ हजार ८२ जना रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८३ हजार ९१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८८ हजार ६९० पुगेको छ ।
हालसम्म ७ लाख ४७ हजार ८०० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २८ पुगेको छ ।