Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

आज देशभर १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

दैनिकी न्यूज

४, आश्विन २०७८
आज देशभर १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ सय ७५ पीसीआर परीक्षणबाट र १ सय २० एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १० हजार ७८६ नमुनाको पीसीआर परीक्षण र ३ हजार ३१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १३ हजार ८१७ गरिएको छ ।

२९ सय ५७ जना कोरोनामुक्त भई डिस्भार्ज भएका छन् । २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २२ हजार ३२३ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८५ हजार ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ८९ हजार ८८ पुगेको छ ।

हालसम्म ७ लाख ४२ हजार १७० जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४८ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - १८:५४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology