काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ६२२ जनाको कोरोना परीक्षण भएकोमा १३ सय ३० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १८ सय ३० जना कोरोना मुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित २१ हजार ५२४ जना रहेका छन् । यस्तै आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४०२ छन् । काठमाडौंमा २६१, ललितपुरमा ९८ र भक्तपुरमा ४३ जनालाई संक्रमण पुष्टि भएको छ । २४ घण्टामा ५५ हजार २४२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्