Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

आज देशभर १४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

दैनिकी न्यूज

६, आश्विन २०७८
आज देशभर १४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ३० नमूना परीक्षणमा १४ सय ७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ११ हजार ६७ नमूनाको पीसीआर र २८ सय ६३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट १२ सय ५१ र एन्टिजेन विधिबाट २२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको हो ।

मन्त्रालयका अनुसार बुधबार थप १६ सय ३० जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार १३९ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित ३३४ जनाको भेन्टिलेटरमा र ११९ जनाको आइसीयूमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :आश्विन ६, २०७८ बुधवार - १६:३२:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology