Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १२ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १२ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

७, आश्विन २०७८
आज देशभर १२ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर १२ सय ३९ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितहरु थपिएका छन्। १५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण थपिएका हुन्।

यही अवधिमा १३ सय २४ जना संक्रमणमुक्त भएका छन् भने थप १३ जनाले ज्यान गुमाएका छन्। यस्तै काठमाडौं उपत्यकामा ४०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा २४५ भक्तपुरमा ५२ र ललितपुरमा १०७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन ७, २०७८ बिहिवार - १८:१२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology