Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

आज देशभर १४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु

दैनिकी न्यूज

८, आश्विन २०७८
आज देशभर १४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि, ९ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४ सय ७६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ११ सय ३ पीसीआर परीक्षणबाट  र ३७३ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा १० हजार ५७५ नमुनाको पीसीआर परीक्षण र ५  हजार ११५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १५ हजार ६९० गरिएको छ । 

१५ सय ५० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ। 

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या २०  हजार २८७  छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ८९ हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार २८०  पुगेको छ । 

हालसम्म ७ लाख ५८ हजार ५०४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ८१ पुगेको छ । 

images
प्रकाशित मिति :आश्विन ८, २०७८ शुक्रवार - २२:०७:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology