Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

९, आश्विन २०७८
आज देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको कोरोना परीक्षण हुँदा ९ सय ५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १३ सय ७१ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यस्तै आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ३ सय ११ जना छन् । काठमाडौंमा १ सय ९८, लतिपुरमा ७३ र भक्तपुरमा ४० जनालाई संक्रमण पुष्छि भएको छ । हालसम्म नेपालमा ८ लाख ८१ हजार १०५ जनालाई संक्रमण भएको छ जसमा ७ लाख ५९ हजार ८७५ जना निको भएका छन् भने ११ हजार ८७ जनाको मृत्यु भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा २ लाख १६ हजार ७२५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०७८ शनिवार - १६:३६:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology