Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१०, आश्विन २०७८
आज देशभर ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७ सय ३० पीसीआर परीक्षणबाट र १०४ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ८ हजार ५८९ नमुनाको पीसीआर परीक्षण र ५ हजार १४७ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १३ हजार ७३६ गरिएको छ ।

१२७९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १९ हजार १४२ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९१ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार ५४७ पुगेको छ ।

हालसम्म ७ लाख ६१ हजार १५४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९६ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - १६:२९:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology