Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १२ सय ८२ जना कोरोना संक्रमित थपिए ७ को मृत्यु

आज देशभर १२ सय ८२ जना कोरोना संक्रमित थपिए ७ को मृत्यु

दैनिकी न्यूज

११, आश्विन २०७८
आज देशभर १२ सय ८२ जना कोरोना संक्रमित थपिए ७ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२ सय ८२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ सय ७५ पीसीआर परीक्षणबाट र ३ सय ७ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १२ हजार ८१ नमुनाको पीसीआर परीक्षण र ३ हजार ४ सय ७ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १५ हजार ४ सय ८८ गरिएको छ ।

१२६२ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १८ हजार ८४८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९२ हजार ३७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९० हजार ८५४ पुगेको छ ।

हालसम्म ७ लाख ६२ हजार ४१६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १०३ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १६:३१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology