Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ११ सय ५८ जनामा कोरोना सक्रमण पुष्टि

आज देशभर ११ सय ५८ जनामा कोरोना सक्रमण पुष्टि

दैनिकी न्यूज

१२, आश्विन २०७८
आज देशभर ११ सय ५८ जनामा कोरोना सक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ सय५८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ९ सय ४ पीसीआर परीक्षणबाट र २ सय ५४ एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ११ हजार ६ सय ७२ नमुनाको पीसीआर परीक्षण र २ हजार ३३१ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १४ हजार ३ गरिएको छ ।

१३१८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १८ हजार ४२२ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९३ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९१ हजार १०८ पुगेको छ ।

हालसम्म ७ लाख ६३ हजार ३३४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ११५ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन १२, २०७८ मंगलवार - २१:४३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology