काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ९८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५५५ पीसीआर परीक्षणमा बिहीबार थप ८ सय ९८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ६१ पुगेको छ ।
यस्तै एन्टिजेन विधिद्वारा गरिएको १ हजार ७८ परीक्षणबाट १८० जनामा पोजिटिभ देखिएको छ ।
२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ७६५ परीक्षणमा १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।
हालसम्म देशभर ४२ लाख ५ हजार ३८२ नमुनाको पीसीआर परीक्षण भएको छ । हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् ।
हाल देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा रहँदा बाँकी होम आइसोलेसनमै रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पूर्ण खोप प्राप्त गर्नेको संख्या २ लाख ८९ हजार ३८१ रहेको छ ।