Logo

सोमवार, श्रावण २५ गते २०८३

images

देशभर ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु संख्या पनि घट्यो

देशभर ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु संख्या पनि घट्यो

दैनिकी न्यूज

१७, आश्विन २०७८
देशभर ह्वात्तै घट्यो कोरोना संक्रमण, मृत्यु संख्या पनि  घट्यो
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १० हजार ९२० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १६ हजार ८०४ जना पुगेको छ। सो अवधिमा एक हजार ४०५ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या सात लाख ६९ हजार २२४ छ। नेपालमा संक्रमणमुक्त हुने दर ९६।५ प्रतिशत छ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा सात जनाको मुत्यु भएको छ। हालसम्म संक्रमणबाट ११ हजार १६४ जनाको मृत्यु भइसकेको छ। हाल देशभर ३३७ सघन उपचारकक्ष, १९४ भेन्टिलेटर, १५ हजार ५३४ होम आइसोलेशन, एक हजार २७० संस्थागत आइसोलेशन र २५२ जना क्वारेन्टिनमा रहेका छन्।

आज २६ हजार ४१९ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। नेपालमा हालसम्म सात लाख ९७ हजार १९२ जनाको पीसीआर विधिबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएको छ भने ९२ हजार ३४ जना एन्टिजेन विधिमा कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रासस

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - २०:१०:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology