काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय ६८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ७ सय ६२ पीसीआर परीक्षणबाट र २ सय ६ मा एन्टिजेन परीक्षणबाट जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ११ हजार ५८२ नमुनाको पीसीआर परीक्षण र ४ हजार ४४६० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १६ हजार ४२ गरिएको छ ।
१११४ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १६ हजार २४८ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९८ हजार ७६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ४५८ पुगेको छ ।
हालसम्म ७ लाख ७१ हजार ३३८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १८० पुगेको छ ।