Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

आज देशभर एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

दैनिकी न्यूज

२०, आश्विन २०७८
आज देशभर एक हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पीसीआर परीक्षणबाट ८ सय ४९ र एन्टिजेन परीक्षणबाट १ सय ९४ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

सहप्रवक्ता अधिकारीका अनुसार २४ पीसीआर विधिबाट ११ हजार १६५ र एन्टिजेन विधिबाट ४ हजार ३०० परीक्षण भएको छ । जम्मा परीक्षण १५ हजार ४६५ गरिएको छ ।

८९१ कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरानाबाट जनाले १२ ज्यान गुमाएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९४ रहेकोसहप्रवक्ता अधिकारीले जानकारी दिए । जसमा १२१९ जना संस्थागत आइसोलेसनमा छन् । जना १४ हजा ९७५ संक्रमित होम आइसोलेसनमै छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ३३८ जना आइसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेको सहप्रवक्ता अधिकारीले बताए ।

सहप्रवक्ता अधिकारीका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९९ हजार ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ६५२ पुगेको छ ।जम्मा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ९२ हजार २६७ पुगेको छ ।

हालसम्म ७ लाख ९२ हजार २९९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १९२ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन २०, २०७८ बुधवार - १८:२९:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology