Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ७ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १० को मृत्यु

आज देशभर ७ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १० को मृत्यु

दैनिकी न्यूज

२२, आश्विन २०७८
आज देशभर ७ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १० को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ७१५ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएका छन् । ९ हजार ४६६ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ७ सय १५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै, एक हजार २२२ वटा एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १० जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार २१० जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

सक्रिय सङ्क्रमित हुने १५ हजार ६१४ जना छन् । पछिल्लो २४ घण्टामा ४३ हजार ९४१ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - १८:३०:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology