Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु, ८९९ कोरोनामुक्त

आज देशभर ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु, ८९९ कोरोनामुक्त

दैनिकी न्यूज

२३, आश्विन २०७८
आज देशभर ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु, ८९९ कोरोनामुक्त
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ६० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ६३६ र एन्टिजेन परीक्षणबाट १२४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार १६८ नमुनाको पीसीआर परीक्षण र ५ हजार ८३३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ३१ गरिएको छ ।

८९९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १५ हजार ३४० छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १ हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९२ हजार ९६३ पुगेको छ ।

हालसम्म ७ लाख ७५ हजार ७२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २२१ पुगेको छ ।

images
प्रकाशित मिति :आश्विन २३, २०७८ शनिवार - १९:५३:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology