काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९६ जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १० जनाको मृत्यु भएको छ भने ८ सय ७१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार १२ हजार ४ सय ४ जनाको कोरोना परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित १५ हजार २४ जना रहेका छन् ।
क्वारेन्टाइनमा २३४ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १५ हजार २४ छ । २४ घण्टामा खोप लगाएकाको संख्या ७८ हजार ९२७ रहेको छ ।