काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ८५ जनालाई कोराना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाको कोरोना परीक्षण भएकोमा ७६० जनालाई संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधिमा ८ सए ८८ जना निको भएका छन् भने १२ जना संक्रमितको मृत्यु भएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका २२७ जना छन् । काठमाडौंमा १९१,ललितपुरमा ७८ र भक्तपुरमा २६ जनालाई संक्रमण पुष्टि भयो ।
अहिले सक्रिय संक्रमित १४ हजार ७८७ जना छन् जसमध्ये १३ हजार ६२२ जना होम आइसोलेसनमा छन् भने ३१४ जना आइसियु र १११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
अहिलेसम्म नेपालमा ८ लाख ९५ हजार ९७७ जनालाई संक्रमण पुष्टि भएकोमा ७ लाख ७६ हजार ८३१ जना निको भएका छन् भने ११ हजार २४३ जनाको मृत्यु भएको छ ।