Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

आज देशभर ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

दैनिकी न्यूज

२८, आश्विन २०७८
आज देशभर ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ सय ९८ र ५७ जनाको एन्टिजेन विधिबाट नयाँ संक्रमित भेटिएका हुन् ।

बिहीबार ६ हजार २१४ नमुना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित भेटिएका हुन् ।

यसैगरी गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको ज्यान गएको छ भने ८०४ जना निको भएर डिस्चार्ज भएका छन् ।

हाल नेपालमा १३ हजार ८५३ सक्रिय संक्रमित रहेका छन्। त्यस्तै २३० जना क्वारेन्टिनमा रहेका छन्।

images
प्रकाशित मिति :आश्विन २८, २०७८ बिहिवार - १९:२७:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology