Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै घट्यो कोरोना, यस्तो छ २४ घण्टे विवरण

ह्वात्तै घट्यो कोरोना, यस्तो छ २४ घण्टे विवरण

दैनिकी न्यूज

३०, आश्विन २०७८
ह्वात्तै घट्यो कोरोना, यस्तो छ २४ घण्टे विवरण
images

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ४४६ जनाको पीसीआर गर्दा १३६ र ३२७ को एन्टिजेन परीक्षण गर्दा ११ जना गरी १४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार उक्त १४७ सँगै नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या ८ लाख ४ हजार ६५२ पुगेको छ। 

त्यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ९ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ। पछिल्लो २४ घण्टामा ८४५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने हालसम्म ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन्।

images
प्रकाशित मिति :आश्विन ३०, २०७८ शनिवार - १८:५९:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology