Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

आज देशभर ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

दैनिकी न्यूज

३१, आश्विन २०७८
आज देशभर ३ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु
images

काठमाडौं । आज देशभर ३ सय ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ८ हजार ७७ नमूना परीक्षणमा ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ६ हजार ९ सय ६६ नमूनाको पीसीआर र ११ सय ११ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। तीमध्ये पीसीआरबाट ३ सय ८५ जनामा र एन्टिजेनबाट ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २८४ पुगेको छ। मन्त्रालयअनुसार आइतबार ६ सय ८० जना कोरोनामुक्त भएका छन्। यो सहित निको हुनेको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ।

हाल कोरोना सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ९७ रहेको छ। जसमध्ये २ सय ९९ जनाको आइसीयूमा र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - १९:०२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology