Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१, कार्तिक २०७८
आज देशभर ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ९१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ५२३ र एन्टिजेन परीक्षणबाट ६८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार ६५४ नमुनाको पीसीआर परीक्षण र २ हजार ४३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ६९७ गरिएको छ ।

९३७ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ८७४ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ५ हजार ५६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ४३० पुगेको छ ।

हालसम्म ७ लाख ८२ हजार ३९३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार २९३ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०७८ सोमवार - २३:०६:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology