Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

दैनिकी न्यूज

२, कार्तिक २०७८
ह्वात्तै बढ्यो कोरोना संक्रमण, आज देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ९५७ र एन्टिजेन परीक्षणबाट १३९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । अघिल्ला दिनको तुलना नेपालमा कोरोना स‌ंक्रमण बढेको छ । आइतबार ३९१ र सोमबार ५९१ जनामा कोरोना पुष्टि भएको थियो ।

२४ घण्टामा ८ हजार १४० नमुनाको पीसीआर परीक्षण र १ हजार ७७६ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ९१६ गरिएको छ ।

१००४ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ८१५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ६ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ५६९ पुगेको छ ।

हालसम्म ७ लाख ८३ हजार ३९७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३०५ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक २, २०७८ मंगलवार - २१:४७:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology