काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट ५३५ र एन्टिजेन परीक्षणबाट १२७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले जानकारी दिनुभयो ।
बुधबारको प्रेस ब्रिफिङमा प्रवक्ता पौडेलले दिनुभएको जानकारी अनुसार २४ घण्टामा जम्मा ८ हजार ४२६ नमुनाको कोरोना परीक्षण भएको छ । जसमा ७ हजार २२ पीसीआर र १४०४ एन्टिजेन परीक्षण भएको छ ।
२४ घण्ठामा ७५८ जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अहिले देशभर पीसीआर परीक्षणको संक्रमणदर ७।६ प्रतिशत रहेको प्रवक्ता पौडेलले बताउनु भयो । पहिलेको तुलनामा संक्रमणदर कम भएपछि जोखिम उत्तिकै रहेको उहाँको भनाइ छ । नेपालको हालसम्मको कुल संक्रमणदर १८।६ प्रतिशत रहेको छ ।
हालसम्म पीसीआर परीक्षणबाट ८ लाख ७ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९३ हजार ६९७ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको छ ।
जम्मा कोरोना पुष्टि हुनेको संख्या ९ लाख ७४८ पुगेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ ।
७ लाख ८४ हजार १५५ जना कोरोनामुक्त भएका छन् ।
कोरोनाबाट मुक्त हुनेको संख्या ११ हजार ३१८ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमित ११ हजार ५७९ जना छन् । जसमा १० हजार ७७३ होम आइसोलेसनमा र ८०७ जना संस्थागत आइसोलेसनमा रहेको प्रवक्ता पौडेलले बताउनुभयो । यस मध्ये २७६ जना आइसीयू र १०४ जना भेन्टिलेटरमा छन् ।