Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

आज देशभर ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

दैनिकी न्यूज

४, कार्तिक २०७८
आज देशभर ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ४ सय ७० र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ६ हजार ५८६ नमुनाको पीसीआर परीक्षण र १ हजार ९६३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ८ हजार ५४९ गरिएको छ ।

७२६ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ३१५ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ७ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ७७१ पुगेको छ ।

हालसम्म ७ लाख ८८ हजार ८८१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३२६ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - १७:२२:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology