काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ सय ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ५ सय ७४ र एन्टिजेन परीक्षणबाट १ सय ३४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७ हजार २५३ नमुनाको पीसीआर परीक्षण र २ हजार १२३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ३७६ गरिएको छ ।
९ सय ३२ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ९४६ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ८ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ९०५ पुगेको छ ।
हालसम्म ७ लाख ८५ हजार ८१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३३७ पुगेको छ।