Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपालमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

नेपालमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

दैनिकी न्यूज

१०, कार्तिक २०७८
नेपालमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?
images

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधार सार्वजनिक गरेको तथ्यांकमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। 

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ३७५ रहेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमणमुक्त भएका छन्। यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ८९ हजार १२५ रहेको छ। नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ।

images
प्रकाशित मिति :कार्तिक १०, २०७८ बुधवार - २३:४३:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology