Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१२, कार्तिक २०७८
आज देशभर ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ४ सय ९० र एन्टिजेन परीक्षणबाट ५९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार १ सय ४५ नमुनाको पीसीआर परीक्षण र २ हजार ६ सय १ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ७ सय ४६ गरिएको छ ।

५ सय ६९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार २४८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ११ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार २१५ पुगेको छ ।

हालसम्म ७ लाख ९० हजार ३५८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३८८ पुगेको छ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७८ शुक्रवार - २०:४८:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology