काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ७२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट २ सय ९७ र एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५ हजार ३ सय १६ नमुनाको पीसीआर परीक्षण र २ हजार ५९५ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ७ हजार ९११ गरिएको छ ।
९११ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ९ हजार ५२६ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १२ हजार १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ५०३ पुगेको छ ।
हालसम्म ७ लाख ९१ हजार २६९ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३९९ पुगेको छ।