Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४९० जना कोरोना संक्रमण मुक्त, ५३३ जनामा संक्रमण पुष्टि

आज देशभर ४९० जना कोरोना संक्रमण मुक्त, ५३३ जनामा संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, कार्तिक २०७८
आज देशभर ४९० जना कोरोना संक्रमण मुक्त, ५३३ जनामा संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ४ सय ९० जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६८ जनको पीसीआर परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १ सय ९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जना गरी ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४१६ पुगेको छ।

कूल निको हुनेको संख्या ७ लाख ९२ हजार २७७ पुगेको छ। कूल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ११ र एन्टीजेनबाट ९४ हजार ६२७ पुगेको छ।

नेपालमा हाल ९ हजार ३१८ जना सक्रिय संक्रमित रहेका छन्

images
प्रकाशित मिति :कार्तिक १५, २०७८ सोमवार - २०:२९:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology