Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, कार्तिक २०७८
आज देशभर ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ६९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ४ सय २२ र एन्टिजेन परीक्षणबाट ४७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ७ हजार ११५ नमुनाको पीसीआर परीक्षण र १ हजार १७२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १० हजार २८७ गरिएको छ ।

५५५ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ११ हजार ३१८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १३ हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ६७४ पुगेको छ ।

हालसम्म ७ लाख ९२ हजार ८३२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४२७ पुगेको छ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७८ मंगलवार - २०:४७:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology