काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ४७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ३९५ र एन्टिजेन परीक्षणबाट ५२ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ६ हजार ५७७ नमुनाको पीसीआर परीक्षण र ३ हजार ३३६ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ९१३ गरिएको छ ।
३३९ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ९ हजार १२३ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १३ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ७२६ पुगेको छ ।
हालसम्म ७ लाख ९३ हजार २७१ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४३४ पुगेको छ।