Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१८, कार्तिक २०७८
आज देशभर २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा २ सय ८७ नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१८ संक्रमित निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ११५ पुगेको छ । त्यस्तै ७ लाख ९३ हजार ७८९ निको भएका छन् भने ११ हजार ४३६ संक्रमितको ज्यान गइसकेको छ ।

पछिल्लो समय ८ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् । हाल ११८ जना क्वारेन्टिमा रहेको मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७८ बिहिवार - १७:३०:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology