काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३२ नमुना परीक्षण गर्दा १ सय ३९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३४ पीसीआर र १ हजार ७९८ एन्टिजेन विधिबाट परीक्षण गर्दा १३९ जना कोरोना संक्रमित भेटिएका हुन्।
यसैगरी पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४३९ पुगेको छ ।
हाल नेपालमा ८ हजार १४४ सक्रिय संक्रमित रहेका छन् भने ११५ जना क्वारेन्टिनमा रहेका छन् ।