Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२१, कार्तिक २०७८
आज देशभर १ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय ४१ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित थपिएका छन् । एक हजार ९८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, ३५३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५६३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा नौ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४४८ पुगेको छ । त्यस्तै नेपालमा हाल सात हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७८ आइतवार - २१:०८:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology