Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ सय ९० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

आज देशभर ३ सय ९० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

दैनिकी न्यूज

२२, कार्तिक २०७८
आज देशभर ३ सय ९० कोरोना संक्रमित थपिए, ५ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३९० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ३ सय ७१ र एन्टिजेन परीक्षणबाट १९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा २ हजार ६०६ नमुनाको पीसीआर परीक्षण र २ हजार ४२० एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ५ हजार २६ गरिएको छ ।

४२५ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ६५४ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १४ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ७३६ पुगेको छ ।

हालसम्म ७ लाख ९५ हजार ८२२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७८ सोमवार - १९:१९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology