काठमार्डौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ३३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ४ सय ४३ र एन्टिजेन परीक्षणबाट ९० जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १४ हजार ९१८ नमुनाको पीसीआर परीक्षण र १ हजार ८१८ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १६ हजार ७३६ गरिएको छ ।
हिजो भन्दा आज परीक्षण तीन गुणा भन्दा बढी गरिएको छ । हिजो ५ हजार २६ परीक्षण गर्दा ३९० जनामा संक्रमण पुष्टि भएको थियो ।
४८४ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ६१२ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १५ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९४ हजार ९२६ पुगेको छ ।
हालसम्म ७ लाख ९६ हजार ३०५ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५५ पुगेको छ