Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२४, कार्तिक २०७८
आज देशभर ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ४० जना नयाँ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३८७ जना र एन्टिजन परिक्षण गर्दा ५३ जना गरि जम्मा ४४० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४७४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७।७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनाको कोरोना परिक्षण गरेका थिए भने १६ हजार ५२९ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७८ बुधवार - १६:०१:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology