Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

आज देशभर ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

२६, कार्तिक २०७८
आज देशभर ३ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ९७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ सय ५५ र एन्टिजेन परीक्षणबाट ४७ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा ९ हजार १३४ नमुनाको पीसीआर परीक्षण र १ हजार९३२ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ११ हजार ६६ गरिएको छ ।

३६८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ४९८ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ४१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ३७ पुगेको छ ।

हालसम्म ७ लाख ९७ हजार ४४८ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४६९ पुगेको छ ।

२४ घण्टामा ९३ हजार ६९५ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - १८:४८:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology