काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ सय ५९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २ सय ६० र एन्टिजेन परीक्षणबाट ३५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण र ३ हजार १८ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ८ हजार २४३ गरिएको छ ।
४७८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार २७८ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ६७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ७२ पुगेको छ ।
हालसम्म ७ लाख ९७ हजार ९२६ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७१ पुगेको छ ।
२४ घण्टामा ३४ हजार ७१६ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।