Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

आज देशभर ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

दैनिकी न्यूज

२८, कार्तिक २०७८
आज देशभर ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट २९१ र  एन्टिजेन परीक्षणबाट १५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

२४ घण्टामा ८ हजार ८ नमुनाको पीसीआर परीक्षण र  १ हजार ५९८ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण ९ हजार ६०६ गरिएको छ । 

३४८ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार २१५  छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १६ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ८७ पुगेको छ । 

हालसम्म ७ लाख  ९८ हजार २७४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७७ पुगेको छ । २४ घण्टामा १५ हजार ९०६ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :कार्तिक २८, २०७८ आइतवार - १९:२०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology