काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय १६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३ सय ६७ र एन्टिजेन परीक्षणबाट ४९ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७ हजार ५५४ नमुनाको पीसीआर परीक्षण र ४ हजार ८४८ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जम्मा परीक्षण १२ हजार ४०२ गरिएको छ ।
२७० जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ७ हजार ३११ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार १३६ पुगेको छ ।
हालसम्म ७ लाख ९८ हजार ५४४ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४७८ पुगेको छ ।
२४ घण्टामा ७४ हजार ४५२ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।