Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आज देशभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

आज देशभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु

दैनिकी न्यूज

३०, कार्तिक २०७८
आज देशभर ३३९ जनामा कोरोना संक्रमण पुष्टि, ४ को मृत्यु
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ६४४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा १७० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार ४७६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७८ मंगलवार - २१:१८:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology